काठमाडौ -राष्ट्रिय युवा संघ नेपालले एमाले माथि हुने सबै खालका हमलाको प्रतिरोध गर्ने जनाएको छ ।
युवा संघले एक विज्ञप्ति जारी गरी नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ । सो घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न युवा संघले माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी लगायत ६ दलका कार्यकर्ताले सोमबार नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा ढुङ्गा मुढा गर्नुको साथै आगजनीको प्रयास गरेका थिए । सो घटनालाई युवा संघले आपराधिक क्रियाकलाप भनेको छ । ‘देशभक्त, जनवादी र क्रान्तिकारी पार्टी नेकपा ९एमाले०को सुर्खेत जिल्ला कार्यालयमा आक्रमण गर्नु भनेको आपराधिक एवं अराजकताको पराकाष्ठा हो ’ अध्यक्ष किरण पोखरेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
एमालेका विरुद्ध चौतर्फी प्रतिक्रियावादी घेराबन्दी भइरहेको युवा संघले जनाएको छ । एमाले पार्टी कार्यालयमा भएको आक्रमण विरुद्ध प्रतिवादमा उत्रिन मातहत कमिटीलाई युवा संघले निर्देशन समेत दिएको छ ।







प्रतिक्रिया