अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापाका भतिजाले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ

कमल थापाका भतिजाले खाए राजेन्द्र लिङ्देनको पार्टीको शपथ


काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित अभिषेकले तीन महिनापछि बुधबार शपथ खाएका हुन् । तर, उहाँका काका तत्कालीन अध्यक्ष कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा नेपालको जिम्मेवारी सम्हालेका छन् ।

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट कमल थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यको साथ भने पाउनु भएको छैन ।

राप्रपा नेपालमा नगई अभिषेक राप्रपामा रहेका छन् । कमलको छोरी प्रतिष्ठा थापा रायमाझी पनि राप्रपामै हुनुहुन्छ । गत महाधिवेशनवाट केन्द्रीय सदस्य प्रतिष्ठा निर्वाचित हुनु भएको हो ।