सुर्खेत – नेकपा एमालेका नेता यामलाल कँडेलले रुकुम-पश्चिममा ऐन, कानून विपरित बजेट खर्च गरिरहेको बताउनु भएको छ ।
कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानून विपरित बजेट खर्च गरी विकृति फैलाइएको बताउनु भएको हो ।
रुकुम पश्चिमा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उहाँले कानूनी दायरामा ल्याउन आग्र समेत गर्नुभयो ।
नेता कँडेलले भन्नुभयो, ‘त्यहाँ छुट्टै खालको शासन व्यवस्था भएजस्तो गरी आफू खुशी मनलाग्दी बजेट खर्च गर्ने गरेको मैले पाएको छु । त्यसलाई नियन्त्रण गर्न र कानूनी दायरामा ल्याउन तपाईहरु लाग्नुहोला।’
यतिखेर कर्णाली बनाउन नभएर आफू बन्नका लागि मुख्यमन्त्रीले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, ‘आज कर्णाली बनाउनका लागि होइन आफू बन्नका निम्ति मात्र मुख्यमन्त्री लागिपर्नुभएको छ । कर्णाली बनाउने विचार लिएकालाई साथमा लिएर होइन, आफू बन्नका लागि जे पनि गर्न खोज्नेलाई लिएर नेतृत्व गरिरहनु भएको छ तर पनि छलफलमा हामी सहभागी भएका छौं ।’







प्रतिक्रिया