विराटनगर – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ ।
विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै खनालले सदनमा प्रक्रियामा नै नलगी हतारहतार अनुमोदन गरिएकोले यसको परिणामहरु देखिँदै जाने बताउनु भएको हो ।
एमसीसीले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्छ र व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नाबाहेक केही पनि होइन र यसको कानूनी आधार केही पनि छैन । नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।
‘एमसीसीले नेपाली समाजमा विभाजन ल्याएको छ, यस्ता अझै परिणामहरु देखिँदै जान्छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीले नेपालीको भाग्य र भविष्यमा दूरगामी असर पार्छ र व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नाबाहेक केही पनि होइन र यसको कानूनी आधार केही पनि छैन । नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’
नेता खनालले एमसीसीमा अनेकौं राष्ट्रघाती कुराहरु भएकाले आफूहरु नमान्ने भनाइ दोहोर्याउनु भयो । ‘व्याख्यात्मक टिप्पणीको प्रस्ताव र एमसीसी सम्झौता छुट्टा छुट्टै पारित हुनुपर्ने थियो तर त्यस्तो गरिएन,’ उहाँले भन्नुभयो, ‘संसद्को विधि विधानविपरीत एमसीसी पास भयो त्यसैले कार्यान्वयनमा भयानक चुनौती छ र हामीहरु मान्दैनौं ।’
एमसीसी सत्ता टिकाउनलाई हतारहतार पास गरिएको उहाँको भनाइ थियो ।







प्रतिक्रिया