अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा


काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उहाँमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उहाँमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेको आरोप छ । सोही कारण उहाँलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उहाँमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।