अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरियो : सुवास नेम्वाङ

छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरियो : सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद नचल्नु सत्तापक्षको लागि ठूलो र गम्भीर विषय भएपनि वर्तमान सरकार तथा सभामुखले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाउनु भएको छ ।

प्रतिनिधि सभा बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध सत्तापक्षले ल्याएको महाअभियोग पास गर्न नभई दर्ताका लागि मात्र ल्याएको बताउनु भयो ।

उपनेता नेम्वाङले प्रधानन्यायाधीश जबराविरूद्ध छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गरिएको र यसबारे अहिलेसम्म नेकपा एमालेसँग कुरा नभएको दाबी समेत गर्नुभयो ।

नेम्वाङले भन्नुभयो,  ‘सत्तापक्ष र सभामुख हामीले उठाएका विषयहरूप्रति कुनै चासो र गम्भीर बन्नु भएन। संसदको रेफ्री भनेको सभामुख हो। फल छुट्याउने रेफ्रीले हाम्रै पोष्टमा गोल हानिदिएपछि यो अवस्था सिर्जना भएको हो। महाअभियोग हाल्ने साथीहरूलाई यसबारेमा कुनै चिन्ता छैन। त्यसैले कसैसँग कुरा नै गर्नुभएको छैन’, उहाँले भन्नुभयो, ‘महाअभियोग पास हुन दुई तिहाइ बहुमत चाहिन्छ तर उहाँहरू सुटुक्क हामीले थाहा पाउँछौं कि जस्तो गरेर छापामार शैलीमा महाअभियोग दर्ता गर्ने र अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन। महाअभियोग पास गर्नको लागि होइन, दर्ता गर्नको लागि मात्रै हो।’