अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन सही थियो भन्ने पुष्टि हुँदैछ : एमाले सचिव भट्ट

संसद विघटन सही थियो भन्ने पुष्टि हुँदैछ : एमाले सचिव भट्ट


धनगढी – नेकपा एमालेका सचिव लेखराज भट्टले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही पुष्टि हुँदै गएको बताउनु भएको छ ।

आज प्रेस चौतारी कैलालीले धनगढीमा गरेको कार्यक्रममा उहाँले सरकार, संसद र अदालतको गतिविधि हेर्दा ताजा जनादेशमा जाने निर्णय सही देखिएको बताउनु भएको हो ।

‘मुलुक ताजा जनादेशमा जाने कुरा सही थियो भनेर अदालतभित्र देखिएको समस्या, गठबन्धन सरकार र प्रतिनिधिसभामा देखिएका गतिविधिले पुष्टि गर्दै लगेको छ’ भट्टले भन्नुभयो, ‘सभामुखले पार्टीको कार्यकर्ताको भूमिका खेल्दा व्यवस्थापिका पनि कोमामा पुगेको छ । कार्यपालिका र न्यायपालिकाको हालत पनि उस्तै छ ।’

उहाँले अहिले मुलुकका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘कोमामा’ पुगेको टिप्पणी समेत गर्नुभयो ।