अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी विर्तामोडमा अच्यूत सुवेदी

प्रेस चौतारी विर्तामोडमा अच्यूत सुवेदी


विर्तामोड – प्रेस चौतारी बिर्तामोड नगर कमिटी गठन गरिएको छ ।

प्रेस चौतारी झापाका सहसचिव अच्युत सुवेदीको अध्यक्षतामा नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा कोपिला तिवारी र सदस्यहरुमा सरोज पौडेल, सन्तोष न्यौपाने, एकराज प्रधान, छेत्रलाल राजवंशी र आर्यन सिटौला चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाका इञ्चार्ज मोहन काजीले कमिटी घोषणा गर्नुभएको थियो । नयाँ कमिटीलाई एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले सपथग्रहण गराउनु भएको छ । ।

संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रदेश अध्यक्ष गणेश पोखरेलले प्रष्टाएका थिए । प्रेस चौतारीका सदस्य रमेश तिवारीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड क्षेत्रमा क्रियाशिल पत्रकारहरु र नगर तथा जिल्ला तहका एमाले नेताहको सहभागिता रहेको थियो ।