अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्ज महानगरमा वडाध्यक्षको चुनाव लडेका दुवै उपविजेता एमाले प्रवेश

वीरगञ्ज महानगरमा वडाध्यक्षको चुनाव लडेका दुवै उपविजेता एमाले प्रवेश


वीरगञ्ज -वीरगञ्ज महानगरमा पाँचौ स्थानमा रहेको एमालेले यसपालीको निर्वाचनमा आफूलाई पहिलो दल बनाउने लक्ष्यलाई स्थानीयबासीहरुले साथ दिने देखिएको छ । त्यसका लागि विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्ने लहर केही समय अघि देखि नै जारी छ । यसक्रममा हिजो मात्र २ सय जना भन्दा बढी नेता कार्यकर्ता काँग्रेस र जसपा त्यागेर एमालेमा प्रवेश गरेका छन् । वीरगञ्ज १७ कृष्णदेव यादव नेकपा एस त्यागेर एमाले प्रवेश गर्नुभएको छ । यसैगरी राजपाबाट वडा अध्यक्षको निर्वाचन लडेका युवा नेता सञ्जु छतकुलीको काँग्रेसबाट एमालेमा प्रवेश गर्नुभएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्बर शर्मा, बसरुदिन अंसारी , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतकाहरुको सहभागीता रहेको थियो ।