सुर्खेत – नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेलाई सिध्याउन सञ्चार माध्यमहरू लागि परेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उहाँले एमालेमाथि चौतर्फी घेराबन्दी भइरहँदा सञ्चारमाध्यमले पनि साथ दिएको भन्दै आक्रोश पोख्नु भएको हो । प्रेस चौतारीका सहइञ्चार्ज समेत रहेका रिजालले भन्नुभयो, ‘घेराबन्दीलाई तोड्न प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दलहरु पनि एमालेविरोधी गतिविधिमा लागिरहेका छन् । त्यसलाई पनि किनारा लगाउनु पर्छ ।’

‘आगामी चुनावमा एमालेलाई दोस्रो हुने छुट छैन । पार्टीको विजयका लागि लडाइँ लड्नुपर्ने र वर्तमान विकृत संसदीय अभ्यासका खेल भइरहेकाले त्यसलाई सही ट्रयाकमा ल्याउन एमाले लाग्नुपर्छ’, रिजालले भन्नुभयो ।







प्रतिक्रिया