अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाह्रबिसेका वडाध्यक्ष तामाङद्वारा कांग्रेस परित्यागको घोषणा  

बाह्रबिसेका वडाध्यक्ष तामाङद्वारा कांग्रेस परित्यागको घोषणा  


सिन्धुपाल्चोक – नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता तथा बाह्रविसे नगरपालिका–२ का अध्यक्ष बमबहादुर तामाङले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै तामाङले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको हो ।

बमबहादुर तामाङले सिन्धुपाल्चोक काँग्रेसमा व्यक्तिवादी सोच हावी भएको तथा पार्टीको लागि सँधै राम्रो गर्दा पनि सधै अपमानित भएर बस्न आफूलाई नैतिकताले नदिएको बताउनु भयो ।

अध्यक्ष तामाङ भन्नुहुन्छ, ‘पछिल्लो केही वर्ष यतादेखि नेपाली काँग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हावी हुँदै गएको छ । पार्टीले आम जनचाहना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरूले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिवादी सोच बढी हावी हुने जस्ता गतिविधिले हामी आम काँग्रेस कार्यकर्ताहरु निराश भएका छन् ।’

‘लोकतान्त्रिक पार्टी भित्रको यो अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नुभन्दा पार्टीबाट विद्रोह गर्न मेरो अन्तरआत्माले भन्यो । त्यसैले मेरो अन्तरमनको निर्देशन, आम पार्टीका शुभेच्छुकहरु, मलाई माया गरेर मतदान गर्ने आम मतदाताहरूको सल्लाह बमोजिम मैले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको पार्टी नेपाली काँग्रेस पार्टी आजैको मितिबाट परित्याग गरेको घोषणा गर्दछु’ उहाँले भन्नुभयो ।