अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्तारूढ दलको निर्णय

संसद अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्तारूढ दलको निर्णय


काठमाडौँ – सत्तारूढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन आवद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको बारेमा संसद्मा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ ।’

लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमाथि छलफल हुन नसकेकाल संसद् बैठक सुचारु गर्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भएको नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री कार्कीले बताउनुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा भएको बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको सहभागिता थियो ।