अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा भाग लिने दलहरुको नामावाली फागुन २६ गतेभित्र प्रकाशन गरिने

निर्वाचनमा भाग लिने दलहरुको नामावाली फागुन २६ गतेभित्र प्रकाशन गरिने


काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने भएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।