अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समिति बैठक सुरू

माओवादी केन्द्रीय समिति बैठक सुरू


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा सुरू भएको छ । बैठक राष्ट्रिय सभागृहमा केहीबेर अघि सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत विषयमा छलफल हुने छ ।

गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र विवाद छ । एमसीसी अनुमोदन गर्ने निर्णयमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुको विमती छ ।