काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रम फैलाएको बताउनुभएको छ । उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उहाँले बताउनुभयो ।
एमसी अनुमोदनका विपक्षमा उभएिका ६ दल र दुई मोर्चाद्वारा आयोजित आमसभाको सभापतित्व गर्दै उहाँले व्याख्यात्मक घोषणाको कुनै तुक नरहेको बताउनुभयो । ‘हिन्द प्रशान्त रणनीति सम्बन्धी क्लियर भएको भनिएको छ। यो घोषणा कानुनको अंग भएको भनेर भ्रम दिएको छ। यो अर्थहीन छ। यो कुनै अन्तराष्ट्रिय कानुनको अंग बनेको छैन। यसको अर्थ तुक केही छैन। भ्रमजाल मात्रै फालिएको हो’ उहाँले बताउनुभयो ।







प्रतिक्रिया