काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउनु भएको छ ।
मेयर शाक्यले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताउनु भयो ।
आज नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘पार्टीले मेयरमा पुन: उठनुस भन्यो भने उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा भने चुनाव लड्दिनँ ।’







प्रतिक्रिया