काठमाडौं – सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अध्यक्ष बस्नेतलाई सरकारले ‘पत्रकार महासंघको सदस्यता अवधि २० वर्ष प्रमाणित नभएकोले किन कारवाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण विरुद्ध सर्वोच्च पुगेका अध्यक्ष बस्नेतलाई तत्काल कारवाही नगर्न अल्पकालीन आदेश दिइएको हो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बस्नेतलाई स्पष्टीकरण सोधिनुको कारण देखाउन समेत सरकारका नाममा आदेश गरेको छ ।







प्रतिक्रिया