अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रमा व्यक्तिवादी प्रवृत्ति हाबी छ :  नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रमा व्यक्तिवादी प्रवृत्ति हाबी छ :  नारायणकाजी श्रेष्ठ


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गर्नुभएको छ ।

जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभन्दा आफूलाई केन्द्रबिन्दुमा राख्ने गरिएको छ । उहाँले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै आरोप लगाउनु भएको हो ।

नेता श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताउनु भयो। उहाँले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप पनि लगाउनु भएको छ ।

‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’,श्रेष्ठको भनाई छ ।

नेता श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताउनु भयो । ‘अध्यक्ष प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो, तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ’, श्रेष्ठले भन्नुभयो ।