प्यूठान -नेकपा एकीकृत समाजवादीका प्यूठान जिल्ला उपाध्यक्ष मोहम्मद हारुन हलुवाई सहित करिब ८ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
हिजो सरुमारानी भएको एक् कार्यक्रममा समाजवादी पार्टी छोडेर उनीहरु एमाले प्रवेश गरेका हुन् ।
छ महिनाभित्र प्युठानबाट समाजवादीलाई उन्मूलन नै गर्ने एमालेको पूर्व उद्घोषलाई यो प्रवेशले बल पुगेको नेताहरुले बताएक छन् । हलुवाईको नेतृत्वमा जिल्ला कमिटी सदस्यहरू वासु गिरी र भानुभक्त भुसालसहित १५३ जना नेता कार्यकर्ता र ६५० मतदाताहरू नेकपा एमालेमा प्रवेश गरेको एमाले प्यूठानले जनाएके छ । नव प्रवेशीहरूलाई पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले स्वागत गर्नुभयो।
उक्त अवसरमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल,जिल्ला अध्यक्ष विजयविराज विष्ट, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, संविधानसभा सदस्य धनबहादुर रायमाझी र जिल्ला पार्टी उपाध्यक्ष झगबहादुर विश्वकर्मा र प्रवेशको नेतृत्व गर्नुभएका हलुवाईले मन्तव्य राख्नुभयो।







प्रतिक्रिया