अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढा

एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढा


रोल्पा- नेकपा एमाले रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन् ।

रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुनस् बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएका छन् ।
केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने तयारी गरिएको थियो । तर पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन स्थगित गरिएको थियो ।