अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

​​​​​​​ विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य एमालेमा प्रवेश

​​​​​​​ विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य एमालेमा प्रवेश


काठमाडौँ – विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई एमाले नेताहरूले पार्टी प्रवेश गराउनुभएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा निर्वाचनमा भने वैद्यले गगन थापालाई सहयोग गर्नुभएको थियो । वैद्यको साथमा रहेको ठुलो समूह भने अर्को कार्यक्रमका बीच छिट्टै एमाले प्रवेश गर्ने तयारीमा छ ।

काठमाडौँ ज्ञानेश्वरका स्थानीय बासिन्दा वैद्य  सो क्षेत्रको जनधारमा प्रभावशाली नेता हुनुहुन्छ । एमाले प्रवेश गर्नुहुँदै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि केपी ओलीबाट मात्र सम्भव देखेको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो ।