तेह्रथुम – खानेपानी अभावकै कारण बर्सेनि दर्जनौँ परिवार बसाइ सर्नु पर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकोको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ । स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक फेरिएको हो । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनु पर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरुमा पुग्नु पर्थ्यो । तर,अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौ ।’

वस्ती वस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठले बताउनुभयो ।
‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपयालाई त कुरै थिएन । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भन्नुभयो ।
गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षौंदेखी खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिहरूको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।







प्रतिक्रिया