काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताउनु भएको छ । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उहाँले बताउनुभयो ।
संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’
उहाँले ५-६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेको अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताउनु भयो । सो क्रममा उहाँले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताउनुभयो । कानूनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया