अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाऊँ : माधव नेपाल

संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाऊँ : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने अभिव्यक्ति दिनु भएको छ ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उहाँले संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम भएको बताउनु भयो ।  

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भन्नुभयो, ‘संसद नै सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो ।