अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्ली इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : सुवास नेम्वाङ

अर्ली इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : सुवास नेम्वाङ


काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव तोकेको समयमा नगर्ने षड्यन्त्र अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गर्नुभएको छ ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले स्थानीय निर्वाचन  सार्ने र षड्यन्त्र गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताउनु भयो ।

‘सत्तारुढ गठबन्धनको ध्यान जसरी पनि स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै षड्यन्त्र गर्ने लगायतका कुरा हुन सक्छन्’ नेम्वाङले बताउनुभयो ।

संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताउनु भयो ।