काठमाडौं- प्रतिनिधिसभाले चोलेन्द्र शम्शेर जवराविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
जवराविरुद्धको महाभियोग प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि औपचारिक रूपमा सहभागी भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमाले सांसदलाई समावेश गर्दै ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको हो ।
समितिमा एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।
महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ







प्रतिक्रिया