अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली आज गण्डकी प्रदेश आउने, नवलपुर देखि पोखरासम्मका कार्यक्रममा सहभागी हुने

एमाले अध्यक्ष ओली आज गण्डकी प्रदेश आउने, नवलपुर देखि पोखरासम्मका कार्यक्रममा सहभागी हुने



कावासोती – डेढ दशक अघि स्थापना भएको मध्यविन्दु क्याम्पसको भवन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्माओली आज कावासोती आउदै हुनुहुन्छ ।१६ बर्ष अगाडि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा स्थापना भएको मध्यविन्दु बहुमुखी क्याम्पसको प्रशानिक तथा पुस्तकालय भवन उद्घाटन गर्न पूर्वप्रधानमन्त्री ओली आउन लागेको क्याम्पसका संस्थापक सदस्य विद्रोही गिरीले जानकारी दिनुभयो ।
गुणस्तीय शिक्षाका स्थापना गरिएको यो क्याम्पस स्थापनाको १० बर्ष भित्रै क्यूएए प्राप्त गर्ने देशभरकै पहिलो क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए मान्यता प्राप्त यो क्याम्पसमा तीन हजार पाँच सय बिद्यार्थी अध्ययनरत छन् । पब्लिक क्याम्पसहरुमा छुट्टै पहिचान बनाएको यसमा बिभिन्न जिल्लाबाट बिद्यार्थी पढ्नका लागि आउने गर्दछन् ।
ब्यवस्थापन, बिज्ञान, शिक्षा र मानविक संकायका पठनपाठन यस क्याम्पसमा हुने गरेको छ । करिब रु तीन करोडको लागतमा निर्माण भएको चारतले भवनको भुइ तलामा चमेना गृह , पहिलो तलामा प्रशासनिक इकाइ, दोस्रोमा पुस्तकालय र तेस्रोमा अडिटरिम हल रहेको क्याम्पसमा सहायक क्याम्पस प्रमुख डा. बिष्णुप्रसाल लम्सालले जानकारी दिनुभयो ।
भवनको उद्घाटनका अवसरमा बिद्यार्थीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिकरण हुने क्याम्पसका प्रमुख मुक्तिराम पाण्डेले बताउनुभयो ।
नवलपुरको कार्यक्रम सकेर अध्यक्ष ओली आज पोखरामा आयोजना गरिएको मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पोखरातर्फ जानेहुनु भएको छ । दिउसो १ बजे न्यू एरा पार्टी प्यालेसमा हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष ओली आज पोखरामै बस्नुहुनेछ । भोली पोखरामा आयोजना हुने बृहत्त पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौ फकिर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।