काठमाडौं – नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा फुर्वा तेञ्जिङ शेर्पा सर्वसम्मत चयन हुनु भएका छन् ।
४१ सदस्यीय कमिटीको उपाध्यक्षमा ईश्वर आचार्य, सचिवमा ढोकल आलेमगर, सहसचिवमा वीरेन्द्र श्रेष्ठ र अन्नता राई साथै कोषाध्यक्षमा अविरल कार्की चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले प्रति आस्था राख्ने भोजपुर जिल्लाबाट राजधानी आई बसोबास गर्ने सबैलाई गोलबद्ध गर्ने उद्देश्यले सम्पर्क मञ्चको स्थापना भएको कारण यसमा सबै भोजपुर जिल्लाबासी एक भएर लाग्नु पर्नेमा जोड दिदै प्रमुख अतिथि तथा मुख्यमन्त्री शेरधन राईले सम्मेलन सफलताको शुभकामना दिनु भयो ।
कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न १३औं सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष-उपाध्यक्ष शरणकुमार राई र मक्कर खड्का उपस्थित रहेको थियो ।









प्रतिक्रिया