ललितपुर – ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्युको कारण ‘कार्बन पोइनजिङ’ रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेका छ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धिविक्रम शाहले चिकित्सकले कार्बन पोइजनिङका कारण घटना भएको हुन सक्ने बताएको जानकारी दिनुभयो । ‘कोठाभित्र कार्बन डाइअक्साइड बढी भएर निस्सास्सिएर मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन्’, एसपी शाहले बताउनुभयो ।
आज बिहान घरको बन्द कोठाभित्र ४ जना मृत भेटिएका थिए । ३ दिनको शिशुको उपचारका क्रममा मृत्यु भएको हो। २३ वर्षीय सुयास स्याङ्तानको उपचार भइरहेको छ । सुयासकी आमा ५५ वर्षीया काइली स्याङ्तान, श्रीमती २२ वर्षीया सुश्मा स्याङतान तथा माइलो दाइका छोराछोरी ९ वर्षीय आशिष स्याङतान र ५ वर्षीय आश्मा स्याङतानको मृत्यु भएको हो ।







प्रतिक्रिया