पोखरा – एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुग्नु भएको छ ।
एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुग्नु भएको हो ।
मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उहाँले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ ।
यसअघि ओली सोमबार नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी हुनु भएको थियो । उहाँले नवनिर्मित क्याम्पस भवनको उद्घाटनसमेत गर्नुभएको थियो ।







प्रतिक्रिया