अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बार एसोसिएसन निर्वाचनः अध्यक्षमा सत्ता गठबन्धनबाट घिमिरे, एमालेबाट अधिकारी उम्मेदवार

बार एसोसिएसन निर्वाचनः अध्यक्षमा सत्ता गठबन्धनबाट घिमिरे, एमालेबाट अधिकारी उम्मेदवार


काठमाडौं – नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले कांग्रेस निकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको सत्ता गठबन्धका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन् । कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष घिमिरे कांग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन्।

एमाले निकट कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ। पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो।

जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन्।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।