प्रहरीको साइबर ब्यूरोले भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘सेलेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् ।
चलचित्र अभिनेत्री रेखा थापाले दिनुभएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताउनु भयो । थापाले राहुलसहित तीन जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिनु भएको थियो । थापाको उजुरपछि ब्यूरोले प्रेस काउन्सिल नेपालसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।
नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येका शर्मिला वाइबा फरार रहेका छन् । वाइबाबिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए ।
राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।
प्रतिक्रिया