अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप छन् : केपी ओली

गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप छन् : केपी ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनाउँदा पनि सबै चुपचाप बसेको आरोप लगाउनु भएको छ ।

आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र परराष्ट्र सम्बन्ध पनि बिगारेको टिप्पणी गर्नुभयो । ‘‘यतिखेर देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन्। यसमानेमा केही बिग्रिएकै छैन,’ उहाँले भन्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन् ।’

सरकार संसदबाट बन्नुपर्ने भए पनि वर्तमानको सरकार अदालतको आदेशमा बनेको ओलीले बताउनुभयो ।