अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्धारा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन उद्घाटन

एमाले अध्यक्ष ओलीद्धारा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन उद्घाटन


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जनसंगठन राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवाधिकार एलाइन्स) को पॉचौं राष्ट्रिय महाधिवेशन आज पोखरामा उद्घाटन गर्नुभएको छ।

सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चिता, सुसंस्कृत सम्मुनत समृद्धि नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नारासहित पोखराको जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेसमा सुरु भएको छ । महाधिवेशनमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सबै वर्ग र समुदायसम्म नागरिक स्वतन्त्रता जस्ता विषयहरुमा मानवअधिकार रक्षकहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा देशका ७६ जिल्लाबाट २५० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । २०५६ साल असार २९ गते स्थापना भएको मञ्चले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरको छ । संस्थामा १ हजार ३०० भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।

मञ्चका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, भानुभक्त ढकाल, डा.राजन भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, पोलिट्ब्युरो सदस्य तथा संगठनका इन्चार्ज पार्वत गुरुङलगायतको सहभागिता थियो ।