काठमाडौं – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित केन्द्रीय सदस्यको नाममा सहमति नजुटेपछि विवाद भएको छ ।
आज अनुपम फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तावमा गरेको ९७ जनाको नाममा गम्भीर विवाद भएपछि ५२ जनाको मात्रै नाम थपिएको छ। बाँकी ४७ जनाको भने थप गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। यदि त्यसमा पनि सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुंग्याउने तयारी माओवादीले गरेको छ।
अध्यक्ष प्रचण्डले आफ्ना छोरी-ज्वाइँसहित ९७ जनाको नाम केन्द्रीय सदस्यका लागि बैठकमा प्रस्ताव गर्नुभएको थियो ।
बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराती र रामदीप आचार्यसहित २० जना नेताहरु प्रस्तावित नाममा असहमति राख्नुभएको थियो ।







प्रतिक्रिया