पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो भन्ने प्रश्न गर्नुभएको छ ।
पोखरामा आज मानवअधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आफू नेतृत्वको दुई तिहाइको सरकार गलत तत्वहरुले सहन नसकेर फालेको ओलीले दाबी गर्नुभयो । पार्टीभित्र र बाह्य शक्तिहरु मिलेर आफ्नो सरकार ढलाएको उहाँको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले संसदबाट सरकार बनाउन नसकेर परमादेश ल्याएको आरोप पनि लगाउनुभयो । ‘जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ?’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया