अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानवअधिकारका पक्षमा एमाले एक कदम अघि छ : अध्यक्ष ओली

मानवअधिकारका पक्षमा एमाले एक कदम अघि छ : अध्यक्ष ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताउनुभयो ।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उहाँले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिनुभयो ।

एमाले सधैँ आर्थिक समुन्नति, वैज्ञानिक एवं न्यायोचित समानता, हक तथा अधिकारको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताउँदै उहाँले देशभित्र र बाहिरका प्रतिक्रियावादीसँग मिलेर परमादेशको सरकार बनाइएको बताउनुभयो । मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको उहाँको भनाइ छ ।

आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उहाँले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाउनुभयो । एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।