अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुसाइड नोट लेखेर काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाको आत्महत्या प्रयास, एकको मृत्यु

सुसाइड नोट लेखेर काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाको आत्महत्या प्रयास, एकको मृत्यु


काठमाडौ- साइड नोट लखेर काठमाडौंमा एकै परिवारका पाँचजनाले आत्महत्याको प्रयास गरेका छन् । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरु भाडाको फ्ल्याटमा बस्दै आएका थिए । राति भइसकेकाले उनीहरुको बारेमा विस्तृत विवरण संकलन गर्न नसकिएको गीरीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका हुन । घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरी प्रारम्भीक अनुमान छ ।
होस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ ।

घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । एसएसपी गिरीले भने,“ सुसाइड नोट अध्ययन गर्छौं । विस्तृत अध्ययनपछि केही खुल्नसक्छ । अहिले धेरैकुरा भन्न मिल्ने अवस्था छैन ।”
घटनाबारे जानकारी पाएपछि एसएसपी गिरी आफैं घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार ‘सुसाइड’ नोटमा आर्थिक कुराहरु बारे पनि केही लेखिएको छ ।