काठमाडौं– देशकै अग्रणी एनआईसी एसिया बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकका माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको परिप्रेक्षमा ग्राहकहरूलाई बचत खातामा सर्वश्रेष्ठ फाइदाहरू प्रदान गरेको छ । बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश गरेको हो ।
आम मानिसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी बजारको सुक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने बैंकको नीति रहेको बैंकले जनाएको छ । बैंकले पाँच वर्षसम्म प्रदान गर्न लागेको बचत खातामै रू. ८४ लाखसम्मको बीमा फाइदा नेपालको बैंक तथा वित्तीय क्षेत्रमै सर्वश्रेष्ठ रहेको छ । जसमा उपलब्ध खातावाला र निजबाट मनोनीत ३ अन्य व्यक्तिहरूले समेत खातावालाले जस्तो बीमा फाइदा प्राप्त गर्नेछन् ।

यसैगरी बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूलाई बीमा वापत रू. ४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरेको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र बचतको आधारमा पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । सर्वश्रेष्ठ बचत खाताको पूर्व स्वीकृत कर्जा अन्तर्गत यहाँले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ग्राहकको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको गौरवका साथ बैंकका अधिकारीहरू बताउछन् । उदाहरणको लागि यदि ग्राहकको खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहकले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ ।

ती सबै थप सुविधा/फाइदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलिसक्नु भएका ग्राहक महानुभावहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नुहुनेछ । यस बचत योजना अनुरुप ग्राहकले मनोनयन गरेको व्यक्तिले बीमा फाइदा उपयोग गर्नको लागि एन आई सी बैंकमा शून्य मौज्दातमै बचत खाता खोली बीमा फाइदा उपयोग गर्न सक्ने जनाएको छ । ग्राहकले मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई स्किम ट्रान्सफर गरी बीमा फाइदा उपभोग गर्न सकिनेछ ।
यस निक्षेप योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू हजुर एवं यहाँले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने बैंकले जानकारी दिएको छ । यस बचत खातामा प्राप्त हुने सम्पूर्ण २४ सर्वश्रेष्ठ फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता खोलीसकेपछि न्यूनतम रू. ११,७९,००० भन्दा बढीको फाइदा प्राप्त गर्न सक्नुहुने कुरा बैंकले प्रक्षेपण गरेको छ ।
स्विप इन–स्विप आउट सुविधाः बचत खातामै मुद्दती निक्षेपको ब्याज

यस वचत योजनामा आबद्ध भइसकेपछि बचत खातासँगै ५ वर्षका लागि निःशुल्क प्राप्त हुने २४ सर्वश्रेष्ठ फाइदाहरूका अलावा बैंकका ३५८ शाखा, ४७३ एटिएम, ८८ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्ग जस्ता सम्पूर्ण भौतिक सञ्जाल एवं यस बैंकको डिजिटल च्यानलहरूमार्फत आफ्नो बैंकिङ्ग आवश्यकता सहज एवं सरल रुपमा पूरा गर्न सकिनेछ । विश्व जगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै मोबाइल बैंकिङ, एवं वेबसाइटमार्फत यहाँले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सकिने बैंकले जनाएको छ । बैंकले आफुलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank.com मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ । साथै, एनआईसी एसिया बैंक मोबाइल एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २५०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको क्यूआर भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवा लिन सक्नुहुनेछन् ।







प्रतिक्रिया