काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हिला सहभागिता र नेतृत्व विश्वकै अनुकरणीय रहेको बताउनुभएको छ ।
नारी दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनसंख्यामा आधाभन्दा बढी हिस्सा रहेको महिलाको समान सहभागिता जरुरी रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले एमालेले सबै निकायमा महिला सहभागितालाई ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया