अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राईसँगै गएका पोखराका सबै नेता १० वर्षपछि एमालेमै फर्किए, अध्यक्ष ओलीद्वारा स्वागत

अशोक राईसँगै गएका पोखराका सबै नेता १० वर्षपछि एमालेमै फर्किए, अध्यक्ष ओलीद्वारा स्वागत


पोखरा– तत्कालिन एमाले उपाध्यक्ष अशोककुमार राईसँगै पार्टी परित्याग गरेका पोखराका सबै नेताहरु १० वर्षपछि फिर्ता हुनुभएको छ ।

एमाले नेता एवं पूर्वसांसद डीबी नेपालीसहितका नेताहरु पार्टीमा फर्कनुभएको छ । राईले एमाले परित्याग गर्दै संघीय समाजवादी पार्टी बनाउनुभएको थियो । पछि बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पार्टी विलय गराएपछि नेताहरुले वैचारिक सुस्पष्टता नभएको भन्दै निष्क्रिय हुनुभएको थियो ।

नेपाली २०७० सालमा अशोक राईको पार्टीबाट समानुपातिक संविधानसभा सदस्य हुनुभएको थियो ।

पोखरामा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीसहित सयौं नेता कार्यकर्तालाई स्वागत गर्नुभयो ।