काठमाडौं– तत्कालिन एमाले उपाध्यक्ष अशोककुमार राईसँगै पार्टी परित्याग गरेका पोखराका सबै नेताहरु १० वर्षपछि फिर्ता हुनुभएको छ ।
एमाले नेता एवं पूर्वसांसद डीबी नेपालीसहितका नेताहरु पार्टीमा फर्कनुभएको छ । राईले एमाले परित्याग गर्दै संघीय समाजवादी पार्टी बनाउनुभएको थियो । पछि बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पार्टी विलय गराएपछि नेताहरुले वैचारिक सुस्पष्टता नभएको भन्दै निष्क्रिय हुनुभएको थियो ।
नेपाली २०७० सालमा अशोक राईको पार्टीबाट समानुपातिक संविधानसभा सदस्य हुनुभएको थियो ।
पोखरामा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीसहित सयौं नेता कार्यकर्तालाई स्वागत गर्नुभयो ।
प्रतिक्रिया