अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा मृत फेला परेको महिलाको पहिचान खुल्यो

भक्तपुरमा मृत फेला परेको महिलाको पहिचान खुल्यो


भक्तपुर – भक्तपुरमा मृत भेटिएको महिलाको पहिचान खुलेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सोमबार साँझ एक महिलाको शव भेटिएको थियो । मृतक महिला २८ वर्षकी जेनिसा नगरकोटी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९, स्थायी घर भएकी मृतक महिला केही समयदेखि चाँगुनारायणमा बस्दै आउनु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिएको डीएसपी पाण्डेले बताउनु भयो ।