सप्तरी – राजविराज नगरपालिका-१ का ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित हुनु भएको छ । समाजको डरले उहाँ उजुरी गर्न जानु भएको छैन । उहाँका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बोक्सीको आरोप लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उहाँमा पीर छ ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ का २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपित फरार छन्। पूजा भन्नुहुन्छ, झगाउँमा कोही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानूनी उपचारमा गएकी हुँ ।’
राजविराज नगरपालिका-५ का ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसा-पिसाब खुवाउन तम्सिए । तर प्रहरीले उहाँलाई जोगाए । उहाँ भन्नुहुन्छ, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीको मृत्यु भएपछि भतिजले उनीमाथि बोक्सी आरोप लगाएका थिए ।
दुखनी मात्र होइन उनकी बुहारीलाई पनि बोक्सी आरोप लगाइयो । झत्यो घटनाले मानसिक पीडा भयो । दुई वर्षसम्म समस्या भयो, उहाँले भन्नुभयो ।
अहिले उनको जीवन सामान्य छ । सानोतिनो व्यापार पनि गरिरका छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएको बताउँनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।
सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताउनुभयो ।







प्रतिक्रिया