अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुन्छ : केपी ओली

राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुन्छ : केपी ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताउनु भएको छ ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको लडाइँ सत्य र असत्यबीच हुने बताउनु भएको हो ।

‘सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको छ । अबको लडाइ परमादेशी र जनादेशीबीच हुन्छ’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले नेकपा एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रुपमा हुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ ।’