अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु


सुर्खेत – करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट  लागेर मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो ।

अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हो ।