कैलाली – बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टी परित्याग गरी १०५ जना एमाले प्रवेश गरेका छन् । कार्की माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसमेत हुन् ।
नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रवेश गरेको हो ।
गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीको नेतृत्वमा ४२ जना, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सल्लाहकार अकबरको नेतृत्वमा १८ जना, नेविसंघ दोगडाकेदारका अध्यक्ष केशवराज जोशीको नेतृत्वमा २२ जना, युवाउद्यमी सुरेन्द्र भाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बहादुर सिंह भाट, समाजसेवी हर्कबहादुर चन्द लगायतले प्रवेश गर्नु भएको हो ।
एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सहइन्चार्ज लीलाधर भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी, जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला उपाध्यक्ष रमिल बम लगायतले स्वागत गर्नुभयो ।







प्रतिक्रिया