अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्यूठानको समाजवादी प्रेस संगठन र प्रेस मञ्च प्रेस चौतारीमा समाहित

प्यूठानको समाजवादी प्रेस संगठन र प्रेस मञ्च प्रेस चौतारीमा समाहित


काठमाडौँ – समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रिय सदस्य प्यूठानका क्रियाशिल पत्रकार सलिम अन्सारी, प्रेस मञ्च प्यूठानका अध्यक्ष राम बहादुर विश्वकर्मा र मंचकै सदस्य सिता विक प्रेस चौतारीमा जोडिनु भएको छ ।

तीनै जना पत्रकारलाई मंगलवार विजुवारमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा र केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज हरी प्रसाद रिजालले स्वागत गर्नुभयो । यो सँगै प्यूठानको समाजवादी प्रेस संगठन र प्रेस मञ्च चौतारीमा समाहित भएको छ । अन्सारी यस अघि प्रेस चौतारीमै आवद्ध हुनुहुन्थ्यो । एमाले विभाजनपछि उहाँ समाजवादीमा जोडिनु भएको थियो । अन्सारी प्यूठानबाट गोरखापत्र दैनिकको संवाददता र कामना डेली डटकमको प्रकाशक सम्पादक हुन् ।

विश्वकर्मा प्यूठानमा लामो समयदेखि पत्रकारितामा आवद्ध छन् । प्यूठानबाट संचालन हुने पैरवी अनलाइनका उनी प्रकाशक, सम्पादक हुन् । प्रेस चौतारी श्रमजीवि पत्रकारहरुको अभिभावक भएकाले पछिल्लो समय क्रियाशिल पत्रकारहरु जोडिने क्रम बढ्दै जान थालेको चौतारीका जिल्ला अध्यक्ष बासुदेव गिरीले बताउनु भयो ।