अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलैया–९ का वडाध्यक्ष अन्सारी एमालेमा प्रवेश

कलैया–९ का वडाध्यक्ष अन्सारी एमालेमा प्रवेश


काठमाडौँ – बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर वडा अध्यक्ष अन्सारी एमाले प्रवेश गर्नु भएको हो । उहाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ बुधबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गर्नुभएको छ ।

आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नु परेको वडा अध्यक्ष डाक्टर अन्सारीको भनाई छ । उहाँ मधेश आन्दोलनका माग र शहीदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्धाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताउनुभयो ।

एमालेमा प्रवेश गर्नुभएका अन्सारीले भन्नुभयो ‘आफ्नो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाराको आदर्श कोतवालमा फागुन २८ गते हुने बृहत पार्टी प्रवेश कार्यक्रममा आफ्नो वडाबाट थप एक हजार नेता कार्यकर्तालाई प्रवेश गराउने उहाँको दाबी छ ।