अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रंगेलीका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७१० जना एमालेमा प्रवेश

रंगेलीका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७१० जना एमालेमा प्रवेश


विराटनगर – माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज  रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराउनु भएको हो ।  

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७१० जना पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।